काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा विदेश पढ्न जानेले ५६ अर्ब ५२ करोड रुपैयाँ लगेका छन् ।
राष्ट्र बैंकका अनुसार भ्रमण व्यय ५.३ प्रतिशतले बृद्धि भई ८८ अर्ब ९७ करोड पुगेको छ ।
शिक्षातर्फको व्यय ५६ अर्ब ५२ करोड रहेको छ । अघिल्लो बर्षको सोही अवधिमा भ्रमण व्यय ८४ अर्ब ५० करोड रहेकामा शिक्षातर्फको व्यय ४७ अर्ब ४५ करोड रहेको थियो ।
FACEBOOK COMMENTS