काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि ४८८ जना प्रतिनिधिले नाम दर्ता गराएका छन् ।
बिहान ११ बजेसम्म ४८८ जना प्रतिनिधिले महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर नाम दर्ता गरेका हुन् । नाम दर्ता प्रक्रिया बिहान ८ बजेदेखि सुरु भएको हो ।
अहिलेसम्म नाम दर्ता गर्नेमा कोशीका ८३, मधेशका ८२, बागमतीका ६२, गण्डकीका ८०, लुम्बिनीका १२२, सुदुरपश्चिमका ३० र भातृ, शुभेच्छुक र जनसम्पर्कका २९ प्रतिनिधिरहेका छन् ।
FACEBOOK COMMENTS