काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले घटेको छ ।
यस दिन बजार ५.५४ अंकले घटेर धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २६३५ विन्दुमा बन्द भएको छ ।
यस दिन कुल ३३३ कम्पनीको कारोबार भयो । ७५ कम्पनीको मूल्य बढ्दा १७८ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको स्थिर रह्यो ।
कुल १३ उपसमूहमध्ये विकास बैंक, होटल एन्ड टुरिजम, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको सूचक मात्रै बढेको छ ।
नेप्सेका अनुसार, यस दिन एक करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर ७८ हजार ८०८ पटक किनबेच हुँदा ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।

यसअघि जनवरी ८ मा चार अर्ब ९० करोड ८० लाख रुपैयाँ कारोबार भएको थियो । एसवाई प्यानल र श्रीनगर एग्रिटेक कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

FACEBOOK COMMENTS