काठमाडौं । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत ४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका तत्कालिन केन्द्र प्रमुख सिंहसहित तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोक प्रसाद काफ्ले कान्तिपुर सेक्युरिटी सर्भिस प्रा.लि., काठमाडौँका सेक्युरिटी गार्ड राम कुमार पुर्जा र हेम शर्मा रिमालले प्राधिकरणको पिभिसी तार बाहिर बेचेर १३ लाख ९२ हजार ६०३ नोक्सानी पुर्याएको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको छ ।
FACEBOOK COMMENTS