काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले पुस २९ गतेदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ८२ करोड रुपैयाँको ८२ लाख कित्ता सेयर निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा सीआस्बा सदस्य रहेका बैंक तथा वित्तीय र मेरो सेयर मार्फत आवेदन दिन सकिन्छ ।
FACEBOOK COMMENTS