काठमाडौँ । नेपाली काँग्रेसले पनि धमाधम टिकट वितरण टुंगाउन लागिरहेको छ । सभापति गगनकुमार थापाको नेतृत्वमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लामा टिकट वितरण गरिसकेको छ ।
जस अनुसार काँग्रेसले हुम्लामा जयपति रोकाया, मुगुमा खड्ग बहादुर शाही, जुम्लामा दीप बहादुर शाही, डोल्पामा कर्ण बहादुर बुढा, कालिकोटमा हर्ष बम, दैलेख–१ मा बासना थापा, दैलेख– २ मा दिक्पाल शाही, सल्यानमा केश बहादुर विष्ट, बाजुरामा जनक गिरी, पूर्वी रूकुममा कुसुम थापा मगर, रोल्पामा डा. सुधन कुमार ओलीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै काँग्रेस प्युठानमा डा. गोविन्दराज पोखरेल, ताप्लेजुङमा गजेन्द्र तुम्येहाङ, पाँचथरमा नरेन्द्र केरूङ, बैतडीमा चतुर बहादु चन्द, तेह्रथुममा सन्तोष सुब्बा र धनकुटामा दिनेश राईलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै काँग्रेसले गोरखा-१ मा प्रेम कुमार खत्री र गोरखा- २ मा प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ ।
काँग्रेसले उदयपुर- १ मा विदुर बस्नेत र २ मा रामकुमार राईलाई उम्मेदवार बनाएको छ भने ओखलढुङ्गामा रामहरि खतिवडा, मोरङ- ३ मा सुनिल शर्मा, सुनसरी-४ मा ज्ञानेन्द्रबहादुर कार्की र सुनसरी- २ मा राजीव कोइरालालाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी काँग्रेसले गुल्मी- १ मा चन्द्र भण्डारी र गुल्मी- २ मा भुवन श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ ।

FACEBOOK COMMENTS