काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको २७ सयले बढेर तोलाको २ लाख ८४ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि सोमबार सुन तोलाको २ लाख ८२ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर तोलाको ५८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार चाँदी तोलाको ५८१० रुपैयाँमा कारोबार भएको थियो ।

FACEBOOK COMMENTS