काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाँडे पुन: नियुक्त भएका छन्। पाँडेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।
सञ्चालक समितिको गत पुस ३० गते बसेको १८२ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा अध्यक्षमा पुन: चयन गरेको थियो। पाँडे यसअघि पनि संस्थाको संस्थापक (ग्लोबल आइएमई बैंक लिमिटेड समूहको तर्फबाट प्रतिनिधित्व गर्दै) र अध्यक्षको जिम्मेवारी सम्हालिसकेका अनुभवी बैंकर हुन्। हाल उनी सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्।
सपथ ग्रहण कार्यक्रममा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल, नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल लगायतको उपस्थिति रहेको थियो।
FACEBOOK COMMENTS