काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले आज जिम्बाबेको सामना गर्दैछ ।
यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा जिम्बाबेले पहिला ब्याटिंग गर्ने भएको छ ।
यसअघि लगातार दुई खेलमा हार बेहोरेको नेपाल जिम्बाबेविरुद्धको खेल जित्नैपर्ने अवस्थामा रहेको छ । यो खेलमा हार बेहोरेमा नेपाल बाहिरिने छ ।
समुह बी अन्तर्गत नेपालले पहिलो खेलमा थाइल्याण्डसँग र दोस्रो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको छ ।
नेपालले आज जिम्बाबेसँग खेल्दैछ भने समुह चरणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग सोमबार हुने तालिका छन् । त्यस्तै जिम्बाबेले पनि यसअघिका दुवै खेलमा हार बेहोरेकाले उसका लागि पनि यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।

FACEBOOK COMMENTS