काठमाडौँ । बलिवुड चलचित्र बोर्डर– २ ले भारतीय बक्स अफिसमा शानदार शुरुवाट गरेको छ ।
शुक्रबारदेखि रिलिज भएको बोर्डर– २ ले पहिलो दिन ३२.१० करोड भारु कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।
करिब २०० करोडमा बनेको यो फिल्म १९९७ मा रिलीज भएको सुपरहिट फिल्म बोर्डरको सिक्वेल हो । १९९७ मा बोर्डरले पहिलो दिनमा १.१० करोड कमाएको थियो । त्यस्तै फिल्मले त्यतिबेला कुल नेट बक्स अफिस कलेक्सन ३९.३० करोड गरेको थियो ।
बोर्डर– २ मा सनी देओल, वरुण धवन, दिलजीत दोसांझ, अहान शेट्टी, मोना सिंह, मेधा राणा, सोनम बाजवा र अन्या सिंहको प्रमुख भूमिका रहेको छ । अनुराग सिंह र निखिल नटराजनले लेखेको यस फिल्मका निर्देशक अनुराग सिंह हुन् । त्यस्तै यो फिल्म भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ता (टी–सिरीज फिल्म्स र जे.पी. फिल्म्सको ब्यानर अन्तर्गत) ले बनेको हो ।
FACEBOOK COMMENTS