काठमाडौं । राष्ट्रिय सभा बैठक अहिले जारी छ । जारी बैठकमा केही सांसदहरूले राष्ट्रिय झन्डाको दुरुपयोग भएको भन्दै कानुनी कारबाहीको माग गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्यालीमा नेपाली राष्ट्रिय झन्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरिन् ।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डाको दुरुपयोग भइरहेको बताइन् ।
उनकाअनुसार चुनावी अभियानमा प्रयोग गरिएका झन्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन । घाँटीमा मालाझैं लगाइएका झन्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उनले बताइन् ।
उनले नेपाली झन्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्दै यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारलाई आग्रह गरिन् ।
FACEBOOK COMMENTS