सर्लाही । सर्लाहीको गोडैता नगरपालिकाका चार वडाध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, २ का अध्यक्ष अजयप्रसाद शाह, ५ का अध्यक्ष प्रकाश गुप्ता र वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डितलाई सभापति गगन थापाले पार्टीमा स्वागत गरेका छन् ।
उनीहरुले सभापति थापालाई सर्लाही ४ मा जिताउने प्रतिबद्धता व्यक्त गर्दै काँग्रेसमा प्रवेश गरेको बताएका छन ।
गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १, २ का अध्यक्ष नेकपाबाट, वडा नम्बर ५ का अध्यक्ष जसपा नेपाल तथा वडा नम्बर ११ का अध्यक्ष एमालेबाट निर्वाचित भएका थिए । त्यस्तै कार्यक्रममा गत प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही ४ को २ मा उम्मेदवार रहेका कृष्णकुमार कुशवाह पनि कांग्रेस प्रवेश गरेका छन् ।
सर्लाही–४ मा सभापति थापाको प्रतिष्पर्धा रास्वपाबाट उम्मेदवार बनेका डा. अमरेश कुमार सिंहसँग हुदैछ । उनी यसै क्षेत्रका निवर्तमान सांसद हुन् ।

FACEBOOK COMMENTS