काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकाललगायत विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्प कमल दाहाल प्रचण्डले ढकालसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
समाहित हुनेक्रममा ६ बुँदे सहमति गरिएको छ । जसमा पार्टीलाई सामुहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा संघियतालाई आत्मसात गर्दै जनवादी केन्द्रीयताको संगठनात्मक पद्दतिअनुरुप संचालन गर्ने, समाजवादी क्रान्ति सम्पन्न गर्न सक्ने शक्ति निर्माण गर्ने लगायतका सहमति गरिएको छ ।
FACEBOOK COMMENTS