काठमाडौं । जारी राष्ट्रिय लिगमा एपीएफले लगातार चौथो जित निकालेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले जाउलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको हो ।
एपीएफको जितमा समिराज थोकरले दुवै गोल गरेका थिए भने जावलाखेलका लागि एक गोल धवेन्द्र कुँवरले गरेका थिए ।
यो जितपछि एपीएफ १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै जाउलाखेलको भने यो चौथो खेलमा तेस्रो हार हो ।
राष्ट्रिय लिगमा आज अर्को खेल चित्लाङ एफसी र मच्छिन्द्र क्लबबीच दिउसो ३ बजेदेखि सुरु हुदैछ ।

FACEBOOK COMMENTS