पोखरा । नेपालले आजदेखि पोखरामा यू–१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत खराब शुरुवात गरेको छ ।
पहिलो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । भारतको जितमा पर्ल फर्नानडेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
यस अघि आजै सम्पन्न खेलमा बंगलादेशले भुटानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो ।
नेपालसहित भारत, भुटान र बंगलादेशले भाग लिएको यस प्रतियोगितामा अब अर्को खेल फेब्रुअरी २ मा भारत र बंगलादेश तथा नेपाल र भुटानबीच हुने तालिका रहेको छ ।
FACEBOOK COMMENTS