काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबारधितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा बन्द भएको छ ।
यस दिन ३२९ कम्पनीको कारोबार हुँदा २०१ कम्पनीको मूल्य घट्यो । त्यस्तै, ५० कम्पनीको मूल्य बढ्दा नौ कम्पनीको स्थिर रह्यो । नेप्सेका अनुसार आज दुई करोड २० करोड ६० हजार कित्ता एक लाख १० हजारपटक खरिदबिक्री हुँदा नौ अर्ब १० करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, रावा इनर्जी, कालिका पावर कम्पनीको पनि मूल्य घटेको छ । महिला लघुवित्तको मूल्य सर्वाधिक अर्थात् ९.७० प्रतिशतले बढेर १५५५ पुगेको छ ।
यसैगरी, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, एनआईबीएल ग्रोथ फन्ड, शिवश्री हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । समूहगत सूचकतर्फ व्यापारबाहेक सबै सूचक राताम्मे भएका छन् ।
FACEBOOK COMMENTS