काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा नेपाल रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । गत आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.२ प्रतिशतले वृद्धि भएको थियो।
पुस महिनामा मात्रै रेमिट्यान्स आप्रवाह १९२ अर्ब ६२ करोड पुगेको छ। गत आवको सोही अवधिमा १२२ अर्ब ४४ करोड रहेको थियो।
अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड डलर पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि दर २.७ प्रतिशत रहेको थियो । ्यो अवधिमा खुद ट्रान्सफर वृद्धि भई ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ। गत आवको सोही अवधिमा ८ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो ।
यो अवधिमा वैदेशिक रोजगारी संस्थागत तथा व्यक्तिगत (नयाँ) तर्फबाट २ लाख ६ हजार ८०७ जना ले अन्तिम श्रम स्वीकृति लिएका छन् । १ लाख ९४ हजार ७३३ जना ले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको थियो।
FACEBOOK COMMENTS