काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्ममा चालु खाता र शोधनान्तर स्थिति बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु खाता ४२९ अर्ब ९१ करोड रुपैयाँले बचतमा रहेको छ।
गत आवको सोही अवधिमा चालु खाता १६५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा १ अर्ब २३ करोड डलर बचतमा रहेको थियो ।
यस्तै पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब १७ करोड रुपैयाँ भित्रिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ६ अर्ब ४८ करोड रुपैयाँ बढी हो ।
यस अवधिमा शोधनान्तर स्थिति ५०१ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८५ करोड डलर बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ५४ करोड डलरले बचतमा छ ।
FACEBOOK COMMENTS