काठमाडौँ । बलिवुडको फिल्म निर्माण कम्पनि रिलायन्सको जियो स्टुडियोले ओस्कार विजेता प्रोडक्सन हाउस सिख्या इन्टरटेनमेन्टमा को ५०.१ प्रतिशत हिस्सेदारी किनेको छ ।
यो सम्झौता १५० करोड भारुमा गरिएको हो । यस साझेदारी मार्फत रिलायन्सले विश्वव्यापी दर्शकहरूको लागि फिल्म र वेब सिरीज बनाउने लक्ष्य राखेको छ । सिख्या इन्टरटेनमेन्टले ’पिरियड: एन्ड अफ सेन्टेन्स’ (सर्वश्रेष्ठ वृत्तचित्र छोटो विषय) र द एलिफन्ट व्हिस्पर्स’ (सर्वश्रेष्ठ वृत्तचित्र छोटो फिल्म) को लागि ओस्कर प्राप्त गरेको छ ।
सिख्या इन्टरटेनमेन्टले धेरै राष्ट्रिय फिल्म पुरस्कारहरू पनि जितेको छ । विगत एक दशकमा, यसले द लन्चबक्स, मसान, पगलेट, कटहल और किल जस्ता फिल्महरूबाट आफ्नो लागि एक विशिष्ट प्रतिष्ठा निर्माण गरेको छ ।
त्यस्तै जियो स्टुडियोले धुरंधर र स्त्री २ जस्ता ठूला हिट फिल्महरू निर्माण गरेको छ ।
रिलायन्सले सिख्या इन्टरटेनमेन्टसँग साझेदारी गरेर, जिओको वितरण पहुँच र सिक्याको कथा कथन सीपले भारतीय सामग्रीलाई विश्वको हरेक कुनामा पुर्याउने बताएको छ ।

सिक्या इन्टरटेनमेन्टका संस्थापक गुनीत मोंगा कपूर र अचिन जैनले कथाहरूमा संस्कृति र भाषाहरू जोड्ने शक्ति मिल्ने बताएका छन् । उनीहरुले जियो स्टुडियोसँगको साझेदारीले हाम्रा कथाहरूलाई ठूलो स्तरमा लैजान र देशभरका नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्न मद्दत गर्ने बताएका छन् ।

FACEBOOK COMMENTS