विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई विराटनगरमा भव्य स्वागत गरिएको छ ।
उनी हुलाकी राजमार्ग हुँदै झापाबाट विराटनगर प्रवेश गरेका हुन् । उनी कोसी राजमार्ग हुँदै विराटनगरको रास्वपा कार्यालय पुगेपछि त्यहाँ कार्यकर्ताको भीडभाड छ ।
बालेनले मोरङका रास्वपा उमेदवारहरूसँग छलफल तथा भेटघाट गरी चुनावी रणनीतिबारे बैठक गर्ने बताइएको छ ।
चुनावी अभियानका क्रममा आज (बुधबार) मोरङका लागि निस्किएका हुन् । मोरङका विभिन्न चुनावी क्षेत्रमा भ्रमण गर्ने बताइएको छ ।
बालेनले यसअघि डायनियामा रास्वपा नेता कार्यकर्तासँग भेटघाट गरेका थिए ।
FACEBOOK COMMENTS