काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी परित्याग गरेका छन्।
रास्वपाले प्राइमरी इलेक्सन गर्ने बताए पनि नगरी उम्मेदवार बनाएको भन्दै कुवँरले पार्टी छाडेका हुन्।
रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस भएका थिए। तर, प्राइमरी इलेक्सन नगरी पार्टीले सुनिल लम्साललाई रुपन्देही–१ मा उम्मेदवार बनाएको थियो। लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौंमा मेयर हुँदा सल्लाहकारको भूमिकामा थिए।
उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नै नगरेको, राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको भन्दै पार्टी त्याग गरेको कुवँरले बताएका छन्।
FACEBOOK COMMENTS