काठमाडौं, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले १४औँ साउथवेस्टर्न विज्ञान प्रदर्शनी तथा करियर इन म्यानेजमेन्ट–२०२६ को दुईदिने कार्यक्रमको उद्घाटन गर्दै साउथवेस्टर्न कलेजले विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक दक्षता अभिवृद्धि र भविष्य निर्माणमा निरन्तर पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो।
नगर प्रमुख प्रकाश अधिकारीले कलेजले गुणस्तरीय जनशक्ति उत्पादन र समावेशी शिक्षाको प्रवद्र्धनमा ठूलो लगानी गरेको बताउँदै नगरपालिकाले यस्ता शैक्षिक गतिविधिहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साथै, दुई पटक नगर प्रमुखको जिम्मेवारी सम्हाल्दा नगरको गरिमामा नयाँ इट थप्न सफल भएको बताउँदै कलेजको शैक्षिक प्रयासप्रति आभार प्रकट गर्नुभयो। कार्यक्रमको सञ्चालन मास्टर अफ सेरेमनीका रूपमा राजेन्द्र लामिछानेले गर्नुभएको थियो ।
दुईदिने कार्यक्रममा आज टोखा नगरपालिकाका नगर प्रमुख, प्याब्सन काठमाडौंका अध्यक्ष, विभिन्न वडाध्यक्षहरू, कलेजका प्रिन्सिपल तथा निर्देशकहरू, विद्यालयका प्रिन्सिपल तथा निर्देशकहरू र विभिन्न प्रवद्र्धकहरूको उपस्थितिमा औपचारिक रूपमा शुभारम्भ भएको थियो।
प्याब्सन काठमाडौंका केन्द्रीय अध्यक्ष गोपाल आचार्यले गुणस्तरीय शिक्षा, लगानी प्रवद्र्धन, विद्यार्थीकोप्रवद्र्धन, विद्यार्थीको उज्ज्वल भविष्य, नवप्रवर्तन तथा सिर्जनशीलताको विकासका लागि साउथवेस्टर्न कलेजलेउल्लेखनीय कार्य गरिरहेको बताउनुभयो।

उहाँले यस प्रकारका शैक्षिक प्रदर्शनीहरूले विद्यार्थीकोक्षमताविकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।साउथवेस्टर्न स्टेट कलेज का प्रिन्सिपल डा. राजेन्द्र केसीले एक्स्पो व्यवहारिक सिकाइका लागिअत्यन्त प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँका अनुसार आजको शिक्षामा नवप्रवर्तन र स्वतन्त्र सोचआवश्यक छ। विद्यार्थीहरूलाई चुनौती र समस्यासँग सामना गराइएमा उनीहरूले छिटो सिक्ने, आत्मनिर्भर बन्नेर स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म प्रतिस्पर्धी बन्न सक्ने उहाँको भनाइ थियो।
फेब्रुअरी ५ र ६, २०२६ सम्म दुई दिन सञ्चालन हुने यस एक्स्पोमा ६० भन्दा बढी विद्यालय तथा कलेजकास्टलहरू राखिएका छन्।

एक्स्पोमा विज्ञान, व्यवस्थापन, नवीन आविष्कारलगायत विभिन्न क्षेत्रसँग सम्बन्धितपरियोजनाहरू प्रदर्शनीमा राखिएका छन्। यस प्रदर्शनीलाई २५,००० भन्दा बढी दर्शकहरूले अवलोकन गर्नेअपेक्षा गरिएको छ।सामाजिक उत्तरदायित्वअन्तर्गत एक्स्पोमा ग्रीनसिटी अस्पतालको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविर, कीर्तिपुर आँखा अस्पतालको सहयोगमा आँखा परीक्षण कार्यक्रम, ओम समाज डेन्टलसँगको सहकार्यमा दाँतपरीक्षण सेवा, हेड्स नेपालसँगको सहकार्यमा रक्तदान कार्यक्रम तथा एस्ट्रोनोमी र एस्ट्रोफिजिक्स क्लबकोसहकार्यमा सौर्य अवलोकन कार्यक्रम आयोजना गरिएका छन्।

साथै विज्ञान परियोजना प्रदर्शनी र सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्।कलेज परिसरमा तीन चरणका प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गरिएका छन्— इन्ट्रा कलेज विज्ञान प्रदर्शनी, इन्टर कलेज विज्ञान प्रदर्शनी र इन्टर स्कूल विज्ञान प्रदर्शनी।

स्वागत मन्तव्य व्यक्त गर्दै की अन्तर्राष्ट्रिय समन्वयकर्ता तथा १४औँ साउथवेस्टर्न विज्ञान प्रदर्शनीकी संयोजक सरिता शाक्य प्रधानले यो एक्स्पोले विद्यार्थीहरूलाई सिक्ने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने रप्रतिस्पर्धी बन्ने अवसर प्रदान गर्ने बताउनुभयो।

उहाँले आधुनिक प्रविधिसँग अनुकूलन हुँदै नवप्रवर्तन रअनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो। यसले समग्र शिक्षाप्रणाली तथा अर्थतन्त्रलाई समेत सहयोग पुर्याउने उहाँको विश्वास छ। कार्यक्रमको सञ्चालनका कम्पनी सेक्रेटरी राजेन्द्र लामिछानेले गर्नु भएको थियो।
FACEBOOK COMMENTS