काठमाडौँ । आइसीसी टी–२० विश्वकप अन्तर्गत आज इटालीले स्कटल्याण्डविरुद्ध टस जितेको छ ।
समुह सी अन्तर्गतको यस खेलमा इटालीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै स्कटल्याण्डले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेल कोलकोताको इडन गार्डेन स्टेडियममा हुदैछ ।
इटालीको ११: वेन म्याडसेन (कप्तान), एन्थोनी मोस्का, जस्टिन मोस्का, जेजे स्मट्स, ह्यारी मानेन्टी, बेन मानेन्टी, ग्रान्ट स्टीवर्ट, जियान–पिएरो मीड (विकेटकीपर), मार्कस क्याम्पोपियानो, क्रिशन कालुगामेज र अली हसन ।
स्कटल्याण्डको ११: रिची बेरिङ्टन (कप्तान), जर्ज मुन्से, माइकल जोन्स, ब्रान्डन म्याकमुलेन, टम ब्रुस, म्याथ्यू क्रस (विकेटकीपर), मार्क वाट, माइकल लीस्क, ओलिभर डेभिडसन, ब्राड ह्वील र ब्राड करी ।
FACEBOOK COMMENTS