काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
सोमबार बिहान साढे ८ बजे दाङको घोराही उपमहानगरपालिका–१६ सेवाखोलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु.प्र ०२–००१ प ११०२ मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी रेशम बोहराका अनुसार उक्त मोटरसाइकल अनियन्त्रित भएर सेवाखोलाको निर्माणधीन पुलबाट खसेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका–७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र पछाडि सवार दाङकै तुलसीपुर उपमहानगरपालिका–१७ झिंगेका ३९ वर्षीय कमल वलीको मृत्यु भएको डिएसपी बोहराले जानकारी दिए।
उनीहरूलाई उपचारका लागि घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो।

FACEBOOK COMMENTS