काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ संसदले नै जेनजीका माग सम्बोधन गर्न सक्ने बताएका छन् ।
प्रचण्डले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा पार्टी प्रवेश कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै भूराजनीतिक चहलखेल र हस्तक्षेपको कोशिस भइरहेको बताउदै चुनावले नै समस्याको समाधान गर्ने बताए ।
उनले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा लोकप्रियतावादलाई प्रस्तुत गरेर लोकतन्त्र र समाजवादलाई प्रहार गर्ने कोसिस भएको आरोप लगाए । उनले भने– ’ अहिले सोसल मिडियामा स्टन्ट गरेका भरमा लोकप्रियतावादलाई प्रस्तुत गरेर लोकतन्त्र र समाजवादलाई प्रहार गर्ने कोसिस भएको छ ।
विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भइरहेको छ । त्यसको प्रतिवाद गर्न हामीले नेपाली कम्युनिष्ट पार्टी बनाएर आएका छौं ।’
प्रचण्डले देशलाई कुनै योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीतिमा लोकप्रियतावादको आडमा जित्न खोजेको बताए ।
प्रचण्डले समानुपातिकबाट पार्टीको हैसियत देखिने भन्दै सबैलाई समानुपातिकमा मत दिन आग्रह गरेका छन् ।

FACEBOOK COMMENTS