काठमाडौं । चलचित्र ‘आ बाट आमा’ले चार करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । माघ १६ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले शनिबार रातिसम्म चार करोड ८० लाख ९० हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
‘आ बाट आमा’मा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्टलगायतको अभिनय छ ।
‘आ बाट आमा’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । कथा पनि निर्देशक पन्तकै छ । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । चलचित्रलाई नवराज उप्रेतीले खिचेका हुन् ।
माट १६ गते नै रिलिज भएको अर्को चलचित्र ‘द ब्ल्यू लाइट’को कलेक्सन तीन लाख १९ हजार रहेको चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकमा उल्लेख छ ।
तर, यो चलचित्र चुनावी वातावरणले सिनेमा हेर्ने माहोल नरहेको भन्दै तीन दिनमै प्रदर्शन स्थगित भएको थियो ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ र अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् । नरेन्द्र मैनालीले खिचेका छन् ।

FACEBOOK COMMENTS