काठमाडौं । बंगलादेशमा हालै सम्पन्न निर्वाचनमा दुई तिहाई बहुमत जितेर सरकारको बनाउन लागेको बंगलादेश नेशनलस्टि पार्टीले विद्यार्थी आन्दोलनबाट अपदस्त भई भारतमा निर्वासित तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई प्रत्यर्पण गर्न आग्रह गरेको छ ।
बीएनपीका बरिष्ठ नेता सलाहुद्दीन अहमदले यसअघि नै विदेश मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको भन्दै भारतले शेख हसिनालाई बंगलादेश सरकारसमक्ष सुम्पिने अपेक्षा व्यक्त गरेका छन् ।
उनले शेख हसिनाले उनीमाथिको मुद्दाको सामना गर्नका लागि भारतले उनलाई बंगलादेशसमक्ष सुम्पिनुपर्ने बताएका छन् । बंगलादेशको एक अभियोजन निकायले हसिनामाथि मानवताविरुद्ध अपराध गरेको भन्दै फासीको सजाय सुनाएको छ ।
आन्दोलनबाट अपदस्त भएकी हसिना भारतमा निर्वासित छन् । उनको दलमाथि प्रतिबन्ध लगाएर गरिएको चुनावमा उनकै परम्परागत प्रतिद्धन्द्धी विएनपीले जितेको छ भने आन्दोलनबाट जन्मिएको पार्टी ६ सीटमा सिमित भएको छ । शेख हसिना र उनको पार्टी अवामी लिगले यो चुनावलाई अलोकतान्त्रिक भनेको छ ।
सलाहुद्दीनले भने अवामी लिगलाई अगस्ट २०२४ को जनविद्रोहले नै खारेज गरिसकेको भन्दै उसले चुनावमा भाग नलिदैमा अलोकतान्त्रिक निर्वाचन नहुने बताएका छन् ।

FACEBOOK COMMENTS