झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रका टोलटोल पुगेर मतदातासँग संवाद गर्ने बताएका छन् ।
मतदाताले टोलटोलमा आइदिन आग्रह गरे बमोजिम मतदाता भेटघाटसँगै संवादलाई मुख्य प्राथमिकता दिने बताएका हुन् ।
चुनावी अभियानका लागि आइतवार झापा आएका ओलीले सञ्चारकर्मीहरुलाई मतदाताले शान्ति, स्थायित्व र विकास खोजेको बताए ।
यसअघि एक साता क्षेत्रमा घुम्दा मतदाताले सोही माग अघि सारेको उनको भनाई थियो । गत हप्ता ८० टोलमा पुगिसकेका ओलीले अब अन्य टोलहरुमा जाने जानकारी दिए । उनले मतदातालाई मसिनो गरि भेट्ने योजना रहेको सुनाए ।
टोल टोलमा पुगेर मतदाताका आवाज सुन्ने योजना रहेको उनको भनाई थियो ।

FACEBOOK COMMENTS