काठमाडौं । होटल फरेस्ट इन लिमिटेडको आईपीओको बाँडफाँड आज हुने भएको छ ।
कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलका अनुसार होटल फरेस्ट इनको आईपीओ आज बिहान साँढे ९ बजे हुने भएको हो ।
माघ २२ गतेदेखि २६ गतेसम्म खुलेको यस आईपीओमा सय रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयरको लागि आवेदन माग गरिएकोमा २५ लाख ४५ हजार ३० आवेदनकर्ताबाट २ करोड ८६ लाख ९३ हजार २६० कित्ता शेयरको लागि आवेदन परेको छ ।
धितोपत्र बोर्डको हरेक लगानीकर्ताले १० कित्ता शेयर पाउने नीति अनुसार ३ लाख ३२ हजार लगानीकर्ताले शेयर पाउने छन् भने २२ लाख १३ हजार ७३० जनाको हात खाली रहने भएको छ ।
कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत अर्थात् ४० लाख इकाई शेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो ।

FACEBOOK COMMENTS