काठमाडौं । नेकपा (माओवादी)ले नेपाली सेना दिवसको अवसरमा सैन्य मञ्च काठमाडौंमा अमेरिकी सेनाले परेड खेलेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै राजनीतिक दल र नेपाली जनताको जानकारी रहस्यमय तरिकाले सैन्य परेड खेलाएको भन्दै आपत्ति जनाएको छन्।
विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी हस्तक्षेप बारे अनेकौँ विवाद चलिरहेको स्थितिमा नेपालका राजनीतिक दल र नेपाली जनताको जानकारी एवं सहमति बिना यसरी रहस्यमय तरिकाले सैन्य परेड खेल्नु र खेलाउनु राष्ट्रिय सार्वभौमिकता तथा स्वाधीनतामाथिको गम्भीर खेलबाड हो । हामी यस्तो घातक कार्य गर्ने गराउने दुवै तत्त्वको घोर भत्र्सना गर्दछौँ ।’
माओवादीले यस घटनाबारे राज्यको धारणा यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ। देशको स्वाधीनता दिन प्रतिदिन खतरामा पर्दै गएको भन्दै आवश्यकता अनुरूप प्रतिरोधका निम्ति तयार रहन समेत आह्वान गरेको छ।


FACEBOOK COMMENTS