काठमाडौँ । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक परामर्श सेवा दिँदै आएको छ ।
मेचिनगर–१०, झापामा कारोवार कार्यालय रहेको होटेल ईष्टर्न नेपालले जारी गर्ने आईपीओको निष्कासन गर्ने भएको छ । सेयर निष्काशनको लागी होटेलले निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटललाई नियुक्ति गरेको छ ।
होटेल ईष्टर्न नेपाल मेचिनगर–१०, झापामा रहेको अन्तराष्ट्रिय स्तरको प्रस्तावित ५ तारे होटेल हो । होटेल ईस्टर्न नेपाल सञ्चालनको लागि इन्टर–कन्टिनेन्टल होटेल्स समूह एसिया प्यासिफिकको ब्राण्ड अन्तर्गतको विश्व विख्यात ख्याती प्राप्त व्राण्ड होलिडे इन एक्प्रेस एण्ड सुइटसँग व्यवस्थापकिय सम्झौता भइसकेको छ ।
जस अन्तर्गत होटलको समग्र व्यवसाय विस्तार, होटल सञ्चालन तथा व्यवस्थापनमा प्रत्यक्ष सहभागिता रहने छ । निर्माणको अन्तिम चरणमा रहेको होटेल ईष्टर्न नेपाल यही मिति २०८३ साल वैशाख भित्र नियमित रुपमा सञ्चालनको लागि बुकिङ्ग खुल्ला गर्ने लक्ष्य सहित सम्पूर्ण आवश्यक प्रकृयाहरु अगाडि बढाएको छ ।
होटल सञ्चालनमा आउन साथ पाँच तारा होटल स्तरको सम्पूर्ण सेवाहरु जस्ता क्यासिनो उच्च स्तरीय गेमिङ र मनोरञ्जन, छतमा स्विमिङ पुल, आराम, विलासिता, सुइट र आधुनिक कोठाहरू, बहु भान्साघरहरू, छतमा रेस्टुरेन्ट, ज्याकुजी, स्पा, स्वास्थ्य क्लब, इन–हाउस लन्ड्री र व्यावसायिक हाउसकीपिङ लगायतका सेवा उपलब्ध हुनेछन् । होटेलको निर्माण सम्पन्न गरी नियमित सञ्चालनमा आएको अवस्थामा होटेल रहेको स्थान इण्डियन बोडर बाट जम्मा ७ किमिको दुरी रहेको तथा इण्डियन एरपोर्ट, बागडोरा जम्मा २७ किमिको दुरीमा रहेको हुँदा इण्डियन ग्राहकहरुको उपस्थित बाक्लो रहने अनुमान गरिएको छ ।

होटेल ईष्टर्न नेपालले अन्तराष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराउने हुँदा उक्त होटल सञ्चालनमा आए पश्चात् नेपालको टुरिजम क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ । होटेल संचालन पश्चात् अन्तराष्ट्रिय स्तरको सेमिनार, सभा सम्मेलन तथा गोष्ठीहरु नेपालमा गराउन सहज हुँदा बैदेशिक मुद्रा आर्जन गरी देशको अर्थव्यवस्था मजबुद बनाउन समेत महत्वपूर्ण योगदान गर्ने देखिन्छ ।

साथै एनआईसी एशिया क्यापिटलले आइडिया टु आइपिओ सेवा अन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीलाई सम्पर्क व्यक्ति तोकेको छ ।

FACEBOOK COMMENTS