काठमाडौं । गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरू भएको छ।
पछिल्लो समय रौतहट, दाङ लगायत विभिन्न जिल्लामा भइरहेका धार्मिक तथा राजनीतिक घटनासँग केन्द्रित रहेर शनिबार मन्त्रालयमा समितिको बैठक बसेको हो।
समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति छ।
बैठकमा विशेषगरी मधेश–तराईमा देखिएको जातीय, धार्मिक, र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ।
उपयुक्त विषयमा छलफल भई आवश्यक निर्णय हुने जनाइएको छ।

FACEBOOK COMMENTS