काठमाडौं । नेपाली फुटबलकी गौरव र ‘देशको गहना’ सावित्रा भण्डारी ‘देशको गहना’ यतिबेला आफ्नो खेल जीवनको सबैभन्दाचुनौतीपूर्ण मोडमा छिन्। मैदानमा देशको झण्डा उँचो राख्न अहोरात्र खटिने साम्बा यतिबेला घुँडाको गम्भीर चोटका कारणमैदान बाहिर छिन्।
यस चुनौतीपूर्ण समयमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले आफ्नी ब्रान्ड एम्बेसडरकोउपचार र पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
साम्बाको शल्यक्रिया र त्यसपछिको करिब ८ महिना लामो ‘देशको गहना’ प्रक्रियाका लागि ठुलो स्रोतको आवश्यकता छ। थाकेको हो, हारेको छैनभन्ने साम्बाको अदम्य आँटलाई सम्मान गर्दै भायानेटले उनलाई पुन: खेल जीवनमा फर्काउन योसानो प्रयत्न गरेको हो।
साम्बाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भायानेटले भनेको छ— देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथै रहनेछौँ। उहाँ चाँडै निको भएर मैदान फर्कने र देशलाई पुन: गौरवान्वित बनाउने कुरामा हामी विश्वस्त छौँ।
भायानेटले आफ्नो ब्रान्ड एम्बेसडरप्रति देखाएको यो तत्परताले जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रयोगकर्ता रसरोकारवालासँग अटुट सम्बन्ध र भरपर्दो कनेक्सन कायम राख्ने कम्पनीको मूल मन्त्रलाई थप चरितार्थ गरेको छ।

FACEBOOK COMMENTS