काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सिंहदरबार जलाउनेहरू आन्दोलनको स्टेकहोल्टर दाबी गर्दै अहिले भोट माग्न आएका त छैनन् भन्दै टिप्पणी गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै झाँक्रीले विगतमा नवयुवालाई मानव ढालका रूपमा प्रयोग गरी हिंसामा उक्साइएको घटनालाई आफूहरूले नबिर्सिएको, नबिर्सने र माफी नदिने उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्– हाम्रा नवयुवालाई मानव ढालको रूपमा प्रयोग गरेर हत्या गर्न उक्साएको हामीले नविर्सेका छौं, न विर्सने छौं, न माफ गर्नेछौं । र, जलाएको सिंहदरवार, जलाएको सर्वोच्च अदालत, खरानी बनाएको संसद भवन, जलाएको राष्ट्रपति भवन: हामी विर्सेका छैनौ । बिर्सने छैनौ ।’
उनले सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन तथा राष्ट्रपति भवन जलाइएका घटनाको स्मरण गराउँदै ती घटनाबाट सयौँ युवाका सपना उजाडिएको दाबी गरिन् ।
झाँक्रीले आम नागरिकलाई एकपटक सोच्न आग्रह गर्दै ती विध्वंसकारी गतिविधिमा संलग्नहरू अहिले कहाँ छन् भन्ने प्रश्न उठाएकी छन् । उनले राष्ट्रका धरोहरमा आगजनी गर्नेहरूबाट सतर्क रहन समेत आग्रह गरेकी छन् ।

FACEBOOK COMMENTS