काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा–५ मा नेकपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सघाउने भन्दै गरिएको प्रचारमा सत्यता नरहेको बताएका छन् ।
यसबारे उनले नेकपाका उम्मेदवार रञ्जित तामाङलाई नै फोन गरेर गलत अफवाहलाई चिरेर अघि बढ्न निर्देशन दिएका छन् ।
’झापा– ५ मा हामी कसैलाई छोड्दैनौँ । सम्पूर्ण शक्तिका साथ तारा जिताउन लाग्ने हो । सबै अफवाहहरू शतप्रतिशत गलत हुन्’, प्रचण्डले तामाङलाई फोनमा भनेका छन् ।
झापा ५ मा एमालेबाट केपी शर्मा ओली र रास्वपाबाट बालेन शाह पनि उम्मेदवार छन् । ओलीलाई जिताउन प्रचण्डले सहमति गरेको चर्चा चलिरहेको थियो ।
FACEBOOK COMMENTS