काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी पूर्ण रूपमा जिम्मेवार र तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
आइतबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिँदै सम्भावित सुरक्षा चुनौती सामना गर्न प्रभावकारी सुरक्षा रणनीतिसहित परिचालन हुन आग्रह गरे ।
उनले निर्वाचन आचारसंहिता उल्लङ्घन, आपराधिक गतिविधि तथा सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचनामाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्। साथै मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी तथा अन्य सुरक्षा निकायसँग समन्वय गरेर शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न प्रहरी सक्रिय रहनुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारीहरूले समेत जनशक्ति व्यवस्थापन, मतदानस्थल सुरक्षा र निर्वाचन अवधिमा अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे आवश्यक निर्देशन दिएका थिए।
FACEBOOK COMMENTS