काठमाडौं । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट ज्यान गुमाउने नेपालीको पहिचान भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार ज्यान गुमाउने गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन् ।
उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत रहेको बताइएको छ । अबुधाविस्थित जायद अन्तराष्ट्रिय विमानस्थलामा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको खुलाइएको छ ।
राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन सहजीकरण गर्ने बताएको छ ।

FACEBOOK COMMENTS