काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन १९) सुनको मूल्य २५ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार, आजका लागि प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तीन लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदी २०५ रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला ६ हजार २० रुपैयाँमा किनबेच भएको चाँदी यस दिन पाँच हजार ८१५ रुपैयाँ तोकिएको छ ।
FACEBOOK COMMENTS