काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ११ हजारले घटेर तोलाको ३ लाख १७ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख २८ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७५ रुपैयाँले घटेर तोलाको ५५४० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५८१५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS