काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले धनुषा १ बाट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी हुँदा पनि निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै आपत्ति जनाएको छ ।
नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै विजयी भइसक्दा पनि प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नभएको जनाएका हुन् ।
निर्वाचन आयोगले फागुन १८ गते निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको थियो । आफ्नो उम्मेदवारी खारेजीको निर्णयविरद्ध साह सर्वोच्च गएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै आयोगले निर्वाचन परिणाम सार्वजनिक गरेको छैन।
यद्यपि, उम्मेदवार खारेज भएपछि रास्वपाले धेरै मत पाएको छ । नेकपाले भने साहको उम्मेदवारी नै नभएकाले सबैभन्दा बढी मत ल्याएका पार्टीका उम्मेदवार यादवलाई विजयी घोषणा गर्न माग गरेको छ ।


FACEBOOK COMMENTS