काठमाडौं । भूटानका प्रधानमन्त्री छेरिङ तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेलाई नेपालको संसदीय निर्वाचनमा विशाल जितको अवसरमा बधाई दिएका छन् ।
उनले सफल निर्वाचन सम्पन्न गराएकोमा नेपाली जनतालाई पनि बधाई दिदै दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउने आशा व्यक्त गरेका छन् ।
हालै सम्पन्न निर्वाचनमा शानदार जित हासिल गरेपछि बालेन र रविलाई यसअघि सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टेलिफोन कुराकानी गर्दै बधाई दिएका थिए ।
FACEBOOK COMMENTS