काठमाडौं । सडकमा जथाभावी ओभरटेक गरेको विषयमा विवाद हुँदा एक कार चालकले दुई मोटरसाइकल चालकमाथि कुटपिट गरेका छन् ।
सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो भाइरल नै बनेको छ । भाइरल भिडियोमा ‘वाग्मती बीएसी ५२८१’ नम्बरको कार चालकले मोटरसाइकल चालकमाथि अश्लील गाली गलौज गर्दै हातपात गरेको देखिन्छ ।
प्रहरीका अनुसार, मोटरसाइकल चालक विशाल तामाङ र लक्सकुमार राई रहेको खुलेको छ । घटना शनिबार भक्तपुरको नगरकोट सडक खण्डको भएको खुलेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जावेगुका अनुसार, कुटपिटमा परेका विशाल र लक्सकुमारले प्रहरीमा निवेदन दिएको जानकारी दिए ।
उनले भने, “हामी अनुसन्धान गर्दै छौँ । कारण हामीले पनि त्यही भिडियोमा देखेको मात्रै छौँ । अब कार चालक सम्पर्कमा आएपछि थप थाहा होला ।”


FACEBOOK COMMENTS