काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको जानकारी दिए ।
बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने बताइएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले , नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन् । ती दलहरूको बैठक बोलाएर सचिवालयले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न थालेको हो ।
FACEBOOK COMMENTS