काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २:०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुन:स्थापनाका विषयमा छलफल हुने जनाइएको छ । सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरुको उपस्थिति रहनेछ।