काठमाडौं । स्रोत नखुलेको २० लाख रूपैयाँ भन्दा बढी रकमसहित एक जनालाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटबाट सीमा सुरक्षा गुल्म वीरगञ्जले सोही महानगरपालिका–१७ बस्ने ५० वर्षका बिनय शंकर साहलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभरभित्र प्लास्टिकमा प्याक गरेर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नगदसहित नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ परेका व्यक्तिको साथबाट नेपाली रूपैयाँ २० लाख २ हजार ५० र भारतीय ६ सय रूपैयाँ समेत बरामद भएको छ । ती व्यक्तिलाई बरादम रूपैयाँ र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ ।
FACEBOOK COMMENTS