इटहरी । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा भीषण आगलागी भएको छ ।
इटहरी उपमहानगरपालिका–६ मा रहेको उक्त क्याफेमा केही बेरअघि आगो लागेको हो । आगोका कारण आसपासका तथा टाँसिएका घरहरू समेत जोखिममा परेका छन् ।
सुरक्षाकर्मी, दमकल र स्थानीय बासिन्दा मिलेर आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS