काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो ।
साथै बैठकको पहिलो निर्णयबाटै गौरबहादुर कार्की नेतृत्वको जेन–जी जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लाने निर्णय गरेको थियो ।
शासकीय सुधारका थप कार्यक्रम घोषणा, सम्पत्ति शुद्धिकरणमा थप अनुसन्धानसहितका विषयमा सरकारले अनुसन्धान अगाडि बढाउने तयारी गरेकाे छ ।
यसको लागि १५ दिनभित्र सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा सरकारले गरेको छ ।
FACEBOOK COMMENTS