काठमाडौं । सामसुङनेपालले आफ्नो नयाँ ए सिरिज—ग्यालेक्सीए५७ ५जी र ग्यालेक्सी ए३७ ५जीको प्रि–अर्डर खुला गरेको छ । यी डिभाईसहरुमा अझ आकर्षक डिजाइन, स्मार्ट क्यामेरा प्रणाली र उन्नत सफ्टवेयर टुलहरू समावेश गरिएको छ।
पेशेवर, विद्यार्थी वा दैनिक प्रयोगकर्ताहरूका लागि, नयाँ ग्यालेक्सी एसिरिजलाई दैनिक कामहरू अझ सहज रूपमा गर्न डिजाइन गरिएको हो। ग्यालेक्सीए५७ ५जी र ग्यालेक्सी ए३७ ५जीको प्रि–अर्डर नेपालमा अप्रिल ५ देखि अप्रिल १८, २०२६ सम्म (स्टक उपलब्धतासम्म) खुला रहनेछ।
यसै सन्दर्भमा एमएक्स बिजनेस,सामसुङ नेपालका बरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले भने– “नयाँ ग्यालेक्सी ए सिरिजले एआईलाई सबै प्रयोगकर्तासम्म पुर्याउने हाम्रो प्रतिबद्धता झल्काउँछ।
सामसुङको मुख्य क्षमतासँग ‘अद्भुत बुद्धिमत्ता’ थपिएपछि ग्यालेक्सीए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी ले दैनिक प्रयोगका लागि विश्वसनीय प्रदर्शन दिनेछ। साथै, २४ महिनासम्मको ईएमआई सुविधा ल्याएर हामीले अत्याधुनिक प्रविधिलाई अझ सहज रूपमा पहुँचयोग्य बनाएको जनाएको छ ।