काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार १० अर्ब ५३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ९ अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४२ वटा धितोपत्रको दुई करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २३६ वटाको घटेको छ। यस्तै, तीन कम्पनी स्थिर छन्।
यसदिन पाँच कम्पनीमा सकारात्मक सर्किट लागेको छ। रिज लाइफ इनर्जी, सूर्यकुन्ड हाइड्रोको मूल्य १० प्रतिशत, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
