काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको थियो । रास्वपाको भोलि (सोमबार) केन्द्रीय समिति बैठक बस्दैछ ।
केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ ।
यी हुन् रास्वपाको केन्द्रीय बैठकको प्रस्तावित कार्यसूची
